LICENSE

    03 September, 2023

    आमा हराएको सुचना !



    - के आर ढकाल 
    पोखरा

    आमा हराएको सुचना!


    भोलिको राष्ट्रिय अखबारमा

    मुल्यको चिन्ता बिना छापीदिनोस्,

    एउटा बहुमुल्य ज्याकेट विज्ञापन ।


    झ्याप्पै देखिनेगरि

    बिचमा राखिदिनु मेरी आमाको फोटो,

    फोटोमाथिबाट झारिदिनु

    मेरो हृदयमा भएका श्रद्धाका फूलहरु,

    मैले जोगाएर राखेको छु मन भित्र झिनो आस,

    दायाँबायाँ बालिदिनु तिनै मेरा आसाका दीप,

    दीपमुनी जन्म मिति राख्नु

    मैले छाप्ने यो विज्ञापनमा,

    छुटाइदिनु उहाँको स्वर्गारोहणको मिति ,

    पृष्ठभूमिमा थपिदिनु मातृत्वको सुन्दर रङ,

    फोटोको तलतिर लेखिदिनु आमाको नाम,

    त्यस भन्दा तल लेखिदिनु हुलिया,

    दायाँतर्फ छड्के अक्षरमा लेखिदिनु

    कुनै सर्त लागू नहुने जानकारी

    झ्याप्प आँखा पर्ने ठाउँमा

    आकर्षक अक्षरमा लेखिदिनु

    "भेट्नेलाई उच्च धनराशिको उपहार"को घोषणा र

    फोटोको ठ्याक्कै माथि लेखिदिनु

    "आमा हराएको सुचना !"

    0 Comments:

    Post a Comment