LICENSE

    29 September, 2023

    ‘जन्मदिनको शुभकामना !’

     ‘जन्मदिनको शुभकामना !’


    ‘बा’ हुन खुब गाह्रो छ,
    अझ ‘बा’ जस्तै ‘बा’ हुन झनै गाह्रो छ,
    ‘बा’ नभएर पनि ‘बा’ जस्तै हुन कति गाह्रो होला ?
    ‘साथी’ नबन्न त सजिलो छ,
    ‘साथी’ नै ‘साथी’ बन्न पनि सजिलो नै छ,
    तर ‘साथी’ नभएको मान्छे ‘साथी’ बन्न कति गाह्रो होला ?
    कोही मान्छे एकैपल्ट ‘बा’ र ‘साथी’ नभएर पनि,
    ठ्याक्कै ‘बा’ र ‘साथी’को ‘ककटेल’ बन्नुपर्यो भने कति गाह्रो होला ?

    ‘झुपडी’ भित्र ‘भकारी’ भर्न ‘बा’लाई कर लाग्छ,
    ‘खोपडी’ भित्र ‘औषधी’ भर्न ‘सर’लाई कर लाग्छ,
    कोही मान्छे एकैपल्ट ‘बा’ र ‘सर’ बन्नुपर्यो भने ?
    सम्झिँदा पनि झन कति ‘डर’ लाग्छ !

    ‘बा’ नभएर पनि ‘बा’ बन्न सफल,
    ‘साथी’ नभएर पनि ‘साथी’ भन्दा असल,
    ‘सर’ होइन र पनि ‘सर’ बन्न तत्पर,
    ‘दाइ’ भएर पनि ‘दाइ’ भन्दा फरक,
    ‘दाइ !’
    “ओ माल्दाइ !”
    हजुरलाई/तपाईंलाई/तिमीलाई,
    ‘जन्मदिनको शुभकामना !’


    ©के.आर.ढकाल


    1 Comments: