‘जन्मदिनको शुभकामना !’
‘बा’ हुन खुब गाह्रो छ,
अझ ‘बा’ जस्तै ‘बा’ हुन झनै गाह्रो छ,
‘बा’ नभएर पनि ‘बा’ जस्तै हुन कति गाह्रो होला ?
"Devote your life to others, not just yourself." "यो जीवन अरूप्रति समर्पित गर्नुहोस्, केवल आफ्नो लागि मात्र होइन।"
प्रत्येक दिन विहानी प्रार्थना सभामा विद्यार्थीहरुले कवाज प्रदर्शन गर्ने, राष्ट्रिय गान तथा पालिका गान गाउने गर्नुका साथै प्रधानाध्यापकबाट विद्यालयसँग सम्बन्धित सुचना, जानकारी तथा निर्देशन दिने गरिएको छ !
विद्यालयका नवनियुक्त प्रधानाध्यापक किर्तीराज ढकाललाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देबकोटा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतले सफल कार्यकालको कामना सहित हार्दिक बधाई ज्ञापन गर्दै ।
विद्यालयले कक्षा १ देखि कक्षा १२ सम्म नै साप्ताहिक रुपमा एक घण्टी स्वतन्त्र सिकाईका लागि पुस्तकालयमा स्वअध्ययन गर्ने कार्यक्रमलाई अगाडि सारेको छ । यस समयमा निरिक्षण र सहयोगका लागि एकजना शिक्षक पुस्तकालयमा उपलब्ध हुने व्यवस्था मिलाईएको छ ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा विद्यालयले अयोजना गरेको तीज गित प्रतियोगितामा पुरस्कृत प्रतियोगिलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले विभिन्न चाडहरुलाई मौलिक संस्कृति जोगिने गरी विद्यालयमा नै मनाएर विद्यार्थीलाई हाम्रो मौलिक संस्कृतिको ज्ञान दिँदै आइरहेको छ ।
अन्नपूर्ण ९ उल्लेरीमा रहेको हिमालयन बालगृहले यस विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई विद्यालय पोषाक, झोला र स्टेसनरी सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको सिफारिसकै आधारमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।
![]() |
| के आर ढकाल पोखरा |
विद्यार्थीलाई चिठी
मिति : २०८० असोज ०३ (संविधान दिवस)
प्रिय विद्यार्थी !
आज हामी शिक्षकहरु वाध्य भएर आन्दोलनको मैदानमा छौँ । मैले कक्षामा पटक पटक भन्ने गरेको थिएँ नि, “द्वन्द्वको असर दुई प्रकारको हुन्छ । कि त द्वन्द्वले सकारात्मक परिवर्तन ल्याउँछ, कि त ध्वंस मात्र हुन्छ ।” हो, आज हामीहरु सकारात्मक परिवर्तन र अग्रगमनका लागि आन्दोलनमा छौँ । यो हाम्रा लागि मात्र गरिएको आन्दोलन होइन, यो तिमीहरु जस्ता साना विद्यार्थीहरुले भविष्यमा फेरि आन्दोलन गर्न नपरोस् भन्नको लागि गरिएको आन्दोलन हो । शिक्षा विषय लिएर कक्षा ९ देखि १२ सम्म पढ्दै गरेका मेरा प्रिय विद्यार्थी, के तिमीहरुलाई राज्यले हेपेर राखेको शिक्षक बन्न मन लाग्छ ? कि सम्मानित शिक्षक बन्न मन लाग्छ ? हो, हामीहरु त्यही तिम्रो सुन्दर भविष्यको लागि आन्दोलनमा छौँ ।
प्रिय विद्यार्थी, झट्ट हेर्दा तिमीलाई पनि लाग्न सक्छ, शिक्षकले कक्षामा आएर पढाइदिए हाम्रो पढाइमा घाटा पर्ने थिएन । एक हिसाबबाट तिम्रो तर्क बेठिक होइन, तर फेरि सम्झ त मैले पढाएको कुरा । “शिक्षण त कला र विज्ञानको समिश्रण हो ।” मनभरि पीडा, मस्तिष्कभरि तनाब लिएर कक्षामा आएको शिक्षकले पढाएर तिमी सन्तुष्ट हुन सकौला ? पक्कै सक्दैनौ । त्यसैले शिक्षकमाथि राज्यले गरेको यो विभेद हट्नु जरुरी छ ।
“मैले कक्षामा भन्थेँ नि, “जे बोलिन्छ त्यो गर्नुपर्छ । जे गर्नै सकिँदैन, त्यो गर्छु भन्न हुँदैन” भनेर । हो नेपाल सरकारले त्यही कुरा बुझेन । २०७५ फागुन ९ गते ३० वटा र २०७८ फागुन ९ गते ५१ वटा बुँदामा नेपाल शिक्षक महासङ्घसँग विभिन्न विषयमा सहमति गर्यो तर अहिले त्यो पूरा नगरी शिक्षा विधेयक संसदमा पठाएको छ ।”
पुजनीय बा,
सेवा ढोग ।
वास्तवमा म सन्चो छु कि छैन ? मलाई नै थाहा छैन, तर सबैले "सन्चै छस् ?" भनी सोध्दा आजसम्म पनि मेरो उही उत्तर छ, "अँ, सन्चै छु ।" तपाइँ त यो भवसागरमा विरामी परिरहने शरिर त्यागेर सन्चो हुने बाटोमा यात्रा तय गर्नुभएको, पक्कै सन्चै हुनुहोला । यही पत्रको माध्यमबाट चिरशान्तिको कामना गर्छु ।
बा, हरेक सन्ततीको लागि आफ्नो बाजति बलियो, जान्ने सुन्ने, बुझ्ने र धनी अरु कोही हुँदैन भन्ने सुनेको मैले तपाईँलाई धेरै बेहोर्न पाइन । प्रत्येक सन्ततीको लागि बा त एउटा रेलको लिग हुन्, जहाँ सन्ततीले आफ्ना इच्छा र चाहनाका डब्बाहरु जोडिएको जिवनको रेल कुदाउँछन्, बिना कुनै सङ्कोच, विना कुनै सन्देह ।
बा हुन त आफ्नाहरुको थाप्लोमा झर्न खोज्ने असिना आफूले छेक्नु पर्दोरहेछ । अरुले नदेखेका भविष्य आफूले देख्नु पर्दोरहेछ । घर चलाउनु पर्दोरहेछ, मन जलाउनु पर्दोरहेछ । अनि मन जलेर निस्किएको उज्यालोमा आफ्ना सन्ततीलाई पाइला चाल्न सिकाउनु पर्दोरहेछ ।
यो जिवन यहाँसम्म आइपुग्दा आमाको ममता र बाको सुरक्षालाई रथका दुइ पाङ्ग्रा बनाएर अगाडि बढाइयो । उनै पुजनीय बालाई यसपटक हामीले नेपाली साहित्यको पत्रलेखन विधाका माध्यमबाट सम्झने प्रयास गर्यौँ । कथा, कविता, गित, गजल, मुक्तक हाइकु आदि अनेक विधालाई हामीले अगाडि बढाउँदै लैजाँदा नेपाली साहित्यको मौलिक विधा पत्रलेखनलाई कक्षामा पढाइ हुने पाठका रुपमा मात्रै संकुचित गरियो कि ? मनका भावना कलात्मक ढंगबाट सरल र सरस तरिकाले प्रस्तुत गर्न सकिने यो विधाको विकासका लागि यसपाली Skill Bridge Academyले #कुशेऔंसी अर्थात बाको मुख हेर्ने दिनको अवसर पारेर भाद्र २८ गते #विहान_८_बजे अनलाईन प्रविधिको सहायतामा #बालाई_चिठी लेख्ने कार्यक्रमको आयोजना गरिरहेको छ ।
माल्दाइ आज यता नआउ नेपाल बन्द छ ।
भो कसैले केही नखाउ नेपाल बन्द छ ।
हे भाउजु प्रसबको पिडा सहेर बस,
नभन "बचाउ! बचाउ!!" नेपाल बन्द छ ।
आमा तिम्लाई कसरी लैजाउँ अस्पताल ?
एक दिन रोग लुकाउ नेपाल बन्द छ ।
खेल्न जान्छु भन्ला नावालक छोराले,
ठ्याम्मै बाहिर नपठाउ नेपाल बन्द छ ।
को कतिबेला मर्छ कस्लाई के थाहा ?
सुरक्षामा सेना खटाउ नेपाल बन्द छ ।
“हो अनामिका, तिमी नै मेरो माता, पिता, वन्धु, मित्र, विद्या र धन हौ । अब यो संसारमा तिमी भन्दा बाहेक मैले प्राप्त गर्नुपर्ने कुनै बस्तु छैन ।”
| पद | नाम थर | सम्पर्क |
|---|---|---|
| अध्यक्ष | रमेश गुरुङ | ९८४६००१७०९ |
| सदस्य | भिम बहादुर क्षेत्री | ९८५१०३४१२१ |
| सदस्य | कुमार बि.क. | ९८५६९६९४८८ |
| सदस्य | रीता परियार | ९८१३१६९६५३ |
| सदस्य | आइतसिरी नेपाली | ९८७ |
| सदस्य | मुक्तबहादुर गुरुङ | ९८४६०२१४२४ |
| सदस्य | रामकुमारी गुरुङ | ९८१३३३५६५५ |
| शिक्षक प्रतिनिधि | गौतम सुवेदी क्षेत्रीा | ९८१६१६३५२८ |
| सदस्य सचिव (प्रधानाध्यापक) |
किर्तीराज ढकाल | ९८५६००६९१६ |
| पद | नाम थर | सम्पर्क |
|---|---|---|
| अध्यक्ष | हिमलाल जैसी | ९८४२२७३६५२ |
| सदस्य | हितमान गुरुङ | ९८०५८८२१२४ |
| सदस्य | खेम सेन्चुरी | ९८४२००७५५३ |
| सदस्य | गोकर्ण खड्का | ९८४२००७४३३ |
| सदस्य | दाम ब. गुरुङ | |
| सदस्य | शेर ब. पुन | ९७६५६०३३३१ |
| सदस्य | मनिता गुरुङ | ९८१६६७४९५२ |
| सदस्य | खड्क ब. क्षेत्री | |
| सदस्य | ललित ब. क्षेत्री | ९८ |
| सदस्य | सुजाता क्षेत्री | ९८४२००७४४५ |
| सदस्य | प्रेमराज बि.क. | |
| विद्यार्थी प्रतिनिधी | सविन खत्री क्षेत्री | |
| शिक्षक प्रतिनिधी | सुजितमान सुनार | ९८६४४३२८२६ |
| सदस्य सचिव (प्रधानाध्यापक) |
किर्तीराज ढकाल | ९८५६००६९१६ |
| पद | नाम थर | सम्पर्क |
|---|---|---|
| संयोजक | हितमान गुरुङ | ९८ |
| सदस्य | ||
| सदस्य | ||
| सदस्य सचिव (प्रधानाध्यापक) |
किर्तीराज ढकाल | ९८५६००६९१६ |