LICENSE

    विहानी प्रार्थना सभामा विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानाध्यापक


    प्रत्येक दिन विहानी प्रार्थना सभामा विद्यार्थीहरुले कवाज प्रदर्शन गर्ने, राष्ट्रिय गान तथा पालिका गान गाउने गर्नुका साथै प्रधानाध्यापकबाट विद्यालयसँग सम्बन्धित सुचना, जानकारी तथा निर्देशन दिने गरिएको छ !

    नवनियुक्त प्रधानाध्यापकलाई बधाई


    विद्यालयका नवनियुक्त प्रधानाध्यापक किर्तीराज ढकाललाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देबकोटा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतले सफल कार्यकालको कामना सहित हार्दिक बधाई ज्ञापन गर्दै ।

    पुस्तकालयमा स्वतन्त्र सिकाई


    विद्यालयले कक्षा १ देखि कक्षा १२ सम्म नै साप्ताहिक रुपमा एक घण्टी स्वतन्त्र सिकाईका लागि पुस्तकालयमा स्वअध्ययन गर्ने कार्यक्रमलाई अगाडि सारेको छ । यस समयमा निरिक्षण र सहयोगका लागि एकजना शिक्षक पुस्तकालयमा उपलब्ध हुने व्यवस्था मिलाईएको छ ।

    अन्तर सदन तीजगित प्रतियोगिता २०८२


    नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा विद्यालयले अयोजना गरेको तीज गित प्रतियोगितामा पुरस्कृत प्रतियोगिलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले विभिन्न चाडहरुलाई मौलिक संस्कृति जोगिने गरी विद्यालयमा नै मनाएर विद्यार्थीलाई हाम्रो मौलिक संस्कृतिको ज्ञान दिँदै आइरहेको छ ।

    हिमालयन बालगृहद्वारा विद्यार्थीलाई सहयोग


    अन्नपूर्ण ९ उल्लेरीमा रहेको हिमालयन बालगृहले यस विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई विद्यालय पोषाक, झोला र स्टेसनरी सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको सिफारिसकै आधारमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

    29 September, 2023

    ‘जन्मदिनको शुभकामना !’

     ‘जन्मदिनको शुभकामना !’


    ‘बा’ हुन खुब गाह्रो छ,
    अझ ‘बा’ जस्तै ‘बा’ हुन झनै गाह्रो छ,
    ‘बा’ नभएर पनि ‘बा’ जस्तै हुन कति गाह्रो होला ?

    19 September, 2023

    आन्दोलनको मैदानबाट विद्यार्थीलाई चिठी

    के आर ढकाल
    पोखरा



    विद्यार्थीलाई चिठी 




     मिति : २०८० असोज ०३ (संविधान दिवस)

    प्रिय विद्यार्थी !

    आज हामी शिक्षकहरु वाध्य भएर आन्दोलनको मैदानमा छौँ । मैले कक्षामा पटक पटक भन्ने गरेको थिएँ नि, “द्वन्द्वको असर दुई प्रकारको हुन्छ । कि त द्वन्द्वले सकारात्मक परिवर्तन ल्याउँछ, कि त ध्वंस मात्र हुन्छ ।” हो, आज हामीहरु सकारात्मक परिवर्तन र अग्रगमनका लागि आन्दोलनमा छौँ । यो हाम्रा लागि मात्र गरिएको आन्दोलन होइन, यो तिमीहरु जस्ता साना विद्यार्थीहरुले भविष्यमा फेरि आन्दोलन गर्न नपरोस् भन्नको लागि गरिएको आन्दोलन हो । शिक्षा विषय लिएर कक्षा ९ देखि १२ सम्म पढ्दै गरेका मेरा प्रिय विद्यार्थी, के तिमीहरुलाई राज्यले हेपेर राखेको शिक्षक बन्न मन लाग्छ ? कि सम्मानित शिक्षक बन्न मन लाग्छ ? हो, हामीहरु त्यही तिम्रो सुन्दर भविष्यको लागि आन्दोलनमा छौँ । 

    प्रिय विद्यार्थी, झट्ट हेर्दा तिमीलाई पनि लाग्न सक्छ, शिक्षकले कक्षामा आएर पढाइदिए हाम्रो पढाइमा घाटा पर्ने थिएन । एक हिसाबबाट तिम्रो तर्क बेठिक होइन, तर फेरि सम्झ त मैले पढाएको कुरा । “शिक्षण त कला र विज्ञानको समिश्रण हो ।” मनभरि पीडा, मस्तिष्कभरि तनाब लिएर कक्षामा आएको शिक्षकले पढाएर तिमी सन्तुष्ट हुन सकौला ? पक्कै सक्दैनौ । त्यसैले शिक्षकमाथि राज्यले गरेको यो विभेद हट्नु जरुरी छ । 

    “मैले कक्षामा भन्थेँ नि, “जे बोलिन्छ त्यो गर्नुपर्छ । जे गर्नै सकिँदैन, त्यो गर्छु भन्न हुँदैन” भनेर । हो नेपाल सरकारले त्यही कुरा बुझेन । २०७५ फागुन ९ गते ३० वटा र २०७८ फागुन ९ गते ५१ वटा बुँदामा नेपाल शिक्षक महासङ्घसँग विभिन्न विषयमा सहमति गर्यो तर अहिले त्यो पूरा नगरी शिक्षा विधेयक संसदमा पठाएको छ ।”

    14 September, 2023

    बालाई चिठी


     मिति : २०८०/०५/२८ (कुशेऔंसी)

    पुजनीय बा,

    सेवा ढोग । 

    वास्तवमा म सन्चो छु कि छैन ? मलाई नै थाहा छैन, तर सबैले "सन्चै छस् ?" भनी सोध्दा आजसम्म पनि मेरो उही उत्तर छ, "अँ, सन्चै छु ।" तपाइँ त यो भवसागरमा विरामी परिरहने शरिर त्यागेर सन्चो हुने बाटोमा यात्रा तय गर्नुभएको, पक्कै सन्चै हुनुहोला । यही पत्रको माध्यमबाट चिरशान्तिको कामना गर्छु । 

    बा,  हरेक सन्ततीको लागि आफ्नो बाजति बलियो, जान्ने सुन्ने, बुझ्ने र धनी अरु कोही हुँदैन भन्ने सुनेको मैले तपाईँलाई धेरै बेहोर्न पाइन । प्रत्येक सन्ततीको लागि बा त एउटा रेलको लिग हुन्, जहाँ सन्ततीले आफ्ना इच्छा र चाहनाका डब्बाहरु जोडिएको जिवनको रेल कुदाउँछन्, बिना कुनै सङ्कोच, विना कुनै सन्देह ।

    बा हुन त आफ्नाहरुको थाप्लोमा झर्न खोज्ने असिना आफूले छेक्नु पर्दोरहेछ । अरुले नदेखेका भविष्य आफूले देख्नु पर्दोरहेछ । घर चलाउनु पर्दोरहेछ, मन जलाउनु पर्दोरहेछ । अनि मन जलेर निस्किएको उज्यालोमा आफ्ना सन्ततीलाई पाइला चाल्न सिकाउनु पर्दोरहेछ ।

    12 September, 2023

    बालाई चिठी लेख्ने कार्यक्रम





    यो जिवन यहाँसम्म आइपुग्दा आमाको ममता र बाको सुरक्षालाई रथका दुइ पाङ्ग्रा बनाएर अगाडि बढाइयो । उनै पुजनीय बालाई यसपटक हामीले नेपाली साहित्यको पत्रलेखन विधाका माध्यमबाट सम्झने प्रयास गर्यौँ । कथा, कविता, गित, गजल, मुक्तक हाइकु आदि अनेक विधालाई हामीले अगाडि बढाउँदै लैजाँदा नेपाली साहित्यको मौलिक विधा पत्रलेखनलाई कक्षामा पढाइ हुने पाठका रुपमा मात्रै संकुचित गरियो कि ? मनका भावना कलात्मक ढंगबाट सरल र सरस तरिकाले प्रस्तुत गर्न सकिने यो विधाको विकासका लागि यसपाली Skill Bridge Academyले #कुशेऔंसी अर्थात बाको मुख हेर्ने दिनको अवसर पारेर भाद्र २८ गते #विहान_८_बजे अनलाईन प्रविधिको सहायतामा #बालाई_चिठी लेख्ने कार्यक्रमको आयोजना गरिरहेको छ ।

    09 September, 2023

    मुक्तक

     

    के आर ढकाल, पोखरा
    जे नआओस् भन्छु त्यही बारम्बार आउँछ,
    लाग्छ यसले फेरि मलाई पागल बनाउँछ
    चिठ्ठी बोकी ल्याउने हुलाक त छैन गाउँमा
    यहाँसम्म तिम्रो याद कसले बोकी ल्याउँछ ?

    08 September, 2023

    के आर ढकाल
    पोखरा
    मुक्तक 


    भोकै बसिन्छ तर मागेर खाइन्न, कसमै भयो !

    नबोल्नेलाई हामी नि बोलाइन्न, कसमै भयो !

    जस्तालाई त्यस्तै गर्न मलाई पनि आउँछ कान्छु,

    भाउ खोज्नेलाई गुलाब पठाइन्न, कसमै भयो ।।

    05 September, 2023

    तिनधारा, बन्दीपुर



    तिनधारा, बन्दीपुर 



     

    04 September, 2023

    पंहेलो पूल, नारायण स्थान, पोखरा

    पंहेलो पूल, नारायण स्थान, पोखरा 

     

    भुरुङ्दी खोला, अन्नपुर्ण ९, तिखेढुङ्गा

    भुरुङ्दी खोला, अन्नपुर्ण ९, तिखेढुङ्गा

     

    03 September, 2023

    नेपाल बन्द छ !

    माल्दाइ आज यता नआउ नेपाल बन्द छ ।

    भो कसैले केही नखाउ नेपाल बन्द छ ।


    हे भाउजु प्रसबको पिडा सहेर बस,

    नभन "बचाउ! बचाउ!!" नेपाल बन्द छ ।


    आमा तिम्लाई कसरी लैजाउँ अस्पताल ?

    एक दिन रोग लुकाउ नेपाल बन्द छ ।


    खेल्न जान्छु भन्ला नावालक छोराले,

    ठ्याम्मै बाहिर नपठाउ नेपाल बन्द छ ।



    को कतिबेला मर्छ कस्लाई के थाहा ?

    सुरक्षामा सेना खटाउ नेपाल बन्द छ ।

    आमा हराएको सुचना !



    - के आर ढकाल 
    पोखरा

    आमा हराएको सुचना!


    भोलिको राष्ट्रिय अखबारमा

    मुल्यको चिन्ता बिना छापीदिनोस्,

    एउटा बहुमुल्य ज्याकेट विज्ञापन ।

    श्रद्धाञ्जली

     


    - के आर ढकाल 
    पोखरा

    श्रद्धाञ्जली

    (अनुष्टुव छन्द)

    तातेको बालुवा माथि, पाइला चाल लौ भने,
    म सक्थेँ उम्लिँदो तेल, मुखैमा हाल लौ भने !
    म आगो निल्न तम्सन्थेँ, आँधि रोकेर हिँड्दथेँ,
    म शैल हातमा बोकि, समुन्द्र पार तर्दथेँ !

    लघुकथा : "आस"

    के.आर. ढकाल
    शुक्लागण्की-१, तनहुँ ।

     लघुकथा : "आस"








    "कुन दिन दशा लागेर तँ जस्ती पाखेलाई स्वास्नी बनाउन पुगेछु भनेनी…" सौरभ भुतभुतायो ।

    सरिता अघिसम्म चर्कै बोलेकी थिई, अबभने सुकसुकाउँदै बोल्न थाली, "लोग्नेमान्छे न परे, म बिहे गरेर ल्याएकी भएर पाखे भएँ, त्यै पाखाकी अरु त राजकुमारी देख्छन् ।"

    मेरो प्रेमपत्र (शृंखला - १, के आर ढकालको पत्र अनामिकालाई)

    -के आर ढकाल 
    पोखरा



    के आर ढकालको पत्र अनामिकालाई





    मिति : २०७२/११/०२
    प्रिय अनामिका,
    आराम रहि आरामताको कामना गर्दछु ।

    जीवनका गोरेटाहरुमा पाइला चाल्दै जाँदा एउटा सुन्दर बगैँचामा कुनै भ्रमरको व्यग्र पतिक्षा गरि आफ्नो यौवनलाई फक्राएर सजिएकी सुन्दर कुसुमलाई पहिलो पत्रमा नै प्रिय को सम्बोधन गरेँ, थाहा छैन यो कति सम्म उपयुक्त छ ? तर जुन दिन तिमीलाई देखेँ तिम्रो त्यही नसालु नजर, मन्द मुस्कुराहट र चतुर चालले गर्दा होला मस्तिस्कलाई मुटुले जितेर तिम्रो नामको अगाडि प्रिय शब्द थपिदियो, फलस्वरुप यो पत्रमा पनि त्यै शब्द लेखिदिएछ हातको कलमले । तिमी एक झल्को देखियौ र तुरुन्तै लुक्यौ पनि, तर यो लुकामारी झन अविश्मरणीय बन्न पुग्यो फिक्का बादलभित्र लुकेको पूर्णिमाको जुन सरी……।
    “हो अनामिका, तिमी नै मेरो माता, पिता, वन्धु, मित्र, विद्या र धन हौ । अब यो संसारमा तिमी भन्दा बाहेक मैले प्राप्त गर्नुपर्ने कुनै बस्तु छैन ।”

    02 September, 2023

    रणभूमिका कविताहरु


    - K. R. Dhakal
    Pokhara

    रणभूमिका कविताहरु


    आज,
    तिम्रा र मेरा विचारहरु
    अक्षर, शब्द र भावहरु
    रणभूमिमा कुरिरहेछन्
    शंखनादको चर्को धून
    गर्नलाई कविताहरुको युद्ध ।