आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफैमा एक पवित्र र महत्त्वपूर्ण दिन हो । हिन्दु, बौद्ध र जैन धर्ममा समेत गुरुपूर्णिमाको आफ्नै महत्त्व रहेको छ । हिन्दु शास्त्र अनुसार महर्षि वेदव्यासको जन्म भएको दिन, बुद्ध धर्ममा भगवान गौतम बुद्धले पहिलो उपदेश दिएको दिन आदिका रुपमा मानिएको यस दिनलाई गुरु–शिष्य परम्पराको विकासको दिनका रुपमा समेत चित्रण गरिन्छ । यस दिनमा शिष्यहरुले आफ्ना गुरुलाई भेटेर सम्मान गर्ने, आशीर्वाद लिने कार्यका साथसाथै गुरुको सम्मानमा विविध कार्यक्रमको आयोजना समेत गर्ने गरेको पाइन्छ ।






