LICENSE

    विहानी प्रार्थना सभामा विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानाध्यापक


    प्रत्येक दिन विहानी प्रार्थना सभामा विद्यार्थीहरुले कवाज प्रदर्शन गर्ने, राष्ट्रिय गान तथा पालिका गान गाउने गर्नुका साथै प्रधानाध्यापकबाट विद्यालयसँग सम्बन्धित सुचना, जानकारी तथा निर्देशन दिने गरिएको छ !

    नवनियुक्त प्रधानाध्यापकलाई बधाई


    विद्यालयका नवनियुक्त प्रधानाध्यापक किर्तीराज ढकाललाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देबकोटा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतले सफल कार्यकालको कामना सहित हार्दिक बधाई ज्ञापन गर्दै ।

    पुस्तकालयमा स्वतन्त्र सिकाई


    विद्यालयले कक्षा १ देखि कक्षा १२ सम्म नै साप्ताहिक रुपमा एक घण्टी स्वतन्त्र सिकाईका लागि पुस्तकालयमा स्वअध्ययन गर्ने कार्यक्रमलाई अगाडि सारेको छ । यस समयमा निरिक्षण र सहयोगका लागि एकजना शिक्षक पुस्तकालयमा उपलब्ध हुने व्यवस्था मिलाईएको छ ।

    अन्तर सदन तीजगित प्रतियोगिता २०८२


    नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा विद्यालयले अयोजना गरेको तीज गित प्रतियोगितामा पुरस्कृत प्रतियोगिलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले विभिन्न चाडहरुलाई मौलिक संस्कृति जोगिने गरी विद्यालयमा नै मनाएर विद्यार्थीलाई हाम्रो मौलिक संस्कृतिको ज्ञान दिँदै आइरहेको छ ।

    हिमालयन बालगृहद्वारा विद्यार्थीलाई सहयोग


    अन्नपूर्ण ९ उल्लेरीमा रहेको हिमालयन बालगृहले यस विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई विद्यालय पोषाक, झोला र स्टेसनरी सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको सिफारिसकै आधारमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

    09 July, 2025

    गुरु पूर्णिमाको शुभकामना !

    आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफैमा एक पवित्र र महत्त्वपूर्ण दिन हो । हिन्दु, बौद्ध र जैन धर्ममा समेत गुरुपूर्णिमाको आफ्नै महत्त्व रहेको छ । हिन्दु शास्त्र अनुसार महर्षि वेदव्यासको जन्म भएको दिन, बुद्ध धर्ममा भगवान गौतम बुद्धले पहिलो उपदेश दिएको दिन आदिका रुपमा मानिएको यस दिनलाई गुरु–शिष्य परम्पराको विकासको दिनका रुपमा समेत चित्रण गरिन्छ । यस दिनमा शिष्यहरुले आफ्ना गुरुलाई भेटेर सम्मान गर्ने, आशीर्वाद लिने कार्यका साथसाथै गुरुको सम्मानमा विविध कार्यक्रमको आयोजना समेत गर्ने गरेको पाइन्छ । 

    16 May, 2025

    बेला बेला जिस्काइरहेछ

    नेपालको विद्युत सेवा विगतका केही वर्षमा तुलनात्मक रूपमा सुधारतर्फ उन्मुख हुँदै आएको थियो । नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङको आगमनपछि देशभर लोडसेडिङ अन्त्य भएको घोषणाले जनतामा उत्साह ल्याएको थियो । तर पछिल्लो समय सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्रमान शाक्यलाई प्रमुख बनाएपछि पुनः समस्या सतहमा आउन थालेको छ । पोखराको छोरेपाटन माध्यमिक विद्यालयमा हालै सम्पन्न संरक्षक गोष्ठीमा बारम्बार बत्ती जाने आउने घटनाले पनि यस विषयको गम्भीरता उजागर गरेको छ ।

    गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट प्रमुख अतिथिको रूपमा उपस्थित उक्त कार्यक्रममा करिब पाँच-छ पटक बत्ती जाने आउने समस्या आयो, जसले साउन्ड सिस्टममा बाधा उत्पन्न गर्‍यो । यस अवस्थामा उनले सहजै भने, "बेला बेला जिस्काइरहेछ ।" यस्तो भनाइमा विनोद भए पनि यसको गहिरो सामाजिक सन्देश पनि छ — राज्यको सेवा प्रवाहको स्थायित्व अझै सुनिश्चित हुन सकेको छैन ।


    विद्युत सेवा नागरिकको दैनन्दिन जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक सेवा हो । बत्ती जाने समस्याले विद्यालयदेखि अस्पताल, उद्योगदेखि कार्यालयसम्म असर गर्छ । जब यस्ता समस्या कुनै उच्चस्तरीय कार्यक्रममै देखिन्छन्, तब आम नागरिकले भोगिरहेक पीडाको सहज अनुमान गर्न सकिन्छ ।

    कुलमान घिसिङको कार्यकालमा विद्युत सेवा सुधारको दृष्टान्त सार्वजनिक रूपमा देखिन्थ्यो । उनले लोडसेडिङ अन्त्य गर्न विभिन्न योजनात्मक पहल गरेका थिए । देशभर सब स्टेशनको निर्माण, लाइन व्यवस्थापन, विद्युत चुहावट न्यूनीकरण लगायतका पहल सफल भएका थिए । तर उनको पदच्युतिसँगै नागरिकमा निराशा छाएको देखिन्छ ।

    नयाँ नेतृत्वको आगमन सँगसँगै बत्ती आउने जाने क्रम बढेको भन्ने जनगुनासो बढ्दो छ । पोखरा मात्र होइन, काठमाडौं लगायतका शहरमा समेत यस्तो समस्या व्यापक देखिन थालेको छ । सामाजिक सञ्जालमा नागरिकहरूले सरकारप्रति आक्रोश पोख्न थालेका छन् । हिजो जसले विद्युत सेवा सुधारको तारिफ गरेका थिए, आज उनीहरू नै सोधिरहेका छन् — ‘फेरि किन अन्धकार फर्कियो ?’

    यो समस्याको मूलमा राजनीतिक हस्तक्षेप, संस्थागत नेतृत्व परिवर्तनको अस्थिरता र दीर्घकालीन योजना अभाव मुख्य कारक हुन सक्छन् । सरकारले यदि कुनै कारणवश नेतृत्व परिवर्तन गर्नैपर्ने अवस्था आएको हो भने पनि त्यसपछि सेवा प्रवाहमा कुनै असर नपर्ने गरी नयाँ रणनीति लागू गर्नु आवश्यक थियो ।

    जनताको प्राथमिक माग अब विद्युत नियमितता मात्र होइन, संस्थागत स्थायित्व र पारदर्शिता पनि हो । विद्युत प्राधिकरण जस्तो संवेदनशील संस्थामा क्षमतावान, दूरदर्शी र प्राविधिक ज्ञान भएको नेतृत्व आवश्यक हुन्छ । कुलमान घिसिङले यस्तो नेतृत्वको नमूना प्रस्तुत गरेका थिए ।

    अन्ततः, सरकारको कुनै निर्णय जनहितविपरीत हुने हो भने त्यसको असर प्रत्यक्ष नागरिकले भोग्नु पर्छ । अहिले देखिएको विद्युत सेवा अनियमितताको अवस्था यस्तै एक गलत निर्णयको परिणाम हो कि भन्ने जनधारणा बनिरहेको छ । सरकार र सरोकारवाला निकायले यो आवाज सुनेर गम्भीर समीक्षा गर्नु आवश्यक छ, नत्र जनताको आक्रोश अझ बढ्दै जानेछ र विश्वासको संकट गहिरिँदै जान सक्छ ।

    सारांशमा, विद्युत सेवा केवल बिजुलीको सवाल होइन, यो राज्यको दायित्व, जवाफदेहिता र जनताप्रतिको इमानदार प्रतिबद्धताको प्रतिबिम्ब हो । यस्तो सेवा नियमित, स्थायी र जनमुखी बनाउन दीर्घकालीन नीति, पारदर्शी नेतृत्व र जनउत्तरदायी प्रणाली आवश्यक छ । त्यसैमा हामी उज्यालो भविष्यको परिकल्पना गर्न सक्छौं ।

    07 May, 2025

    जुनियर तथा युवा रेडक्रस नीति, २०५६ (चौथो संशोधन, २०८१ सहित)

     जुनियर तथा युवा रेडक्रस नीति, २०५६ (चौथो संशोधन, २०८१ सहित) डाउनलोड गर्नुहोस् |



    06 May, 2025

    शिक्षकको कार्यसम्पादन मुल्याङ्कन फारम

    शिक्षकको कार्यसम्पादन मुल्याङ्कन फारम डाउनलोड गर्नुहोस् ।


    31 July, 2024

    सम्पत्ति विवरण फारम

    सबैभन्दा पहिला  सम्पत्ति विवरण फारम प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् ।  

    • अब नयाँ ट्यावमा देखिएको सम्पत्ति विवरण फारमको वायाँतर्फ माथी भएको फाइल बटनमा क्लिक गर्नुहोस् । 
    • डाउनलोडमा क्लिक गरी microsoft word छनौट गर्नुहोस् । 
    • तपाईँको फाइल डाउनलोड भएको छ । आफ्नो कम्प्युटरको डाउनलोडमा गई फाइल खोलेर सम्पादन गर्न सक्नुहुन्छ । 
    Note: यो फाइल प्रिति फन्टमा निर्माण गरिएको हुँदा यदी download गरेको File खोल्दा पनि Font सपोर्ट नगरेमा Preeti Font Install गर्नुहोला ।