LICENSE

    विहानी प्रार्थना सभामा विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानाध्यापक


    प्रत्येक दिन विहानी प्रार्थना सभामा विद्यार्थीहरुले कवाज प्रदर्शन गर्ने, राष्ट्रिय गान तथा पालिका गान गाउने गर्नुका साथै प्रधानाध्यापकबाट विद्यालयसँग सम्बन्धित सुचना, जानकारी तथा निर्देशन दिने गरिएको छ !

    नवनियुक्त प्रधानाध्यापकलाई बधाई


    विद्यालयका नवनियुक्त प्रधानाध्यापक किर्तीराज ढकाललाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देबकोटा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतले सफल कार्यकालको कामना सहित हार्दिक बधाई ज्ञापन गर्दै ।

    पुस्तकालयमा स्वतन्त्र सिकाई


    विद्यालयले कक्षा १ देखि कक्षा १२ सम्म नै साप्ताहिक रुपमा एक घण्टी स्वतन्त्र सिकाईका लागि पुस्तकालयमा स्वअध्ययन गर्ने कार्यक्रमलाई अगाडि सारेको छ । यस समयमा निरिक्षण र सहयोगका लागि एकजना शिक्षक पुस्तकालयमा उपलब्ध हुने व्यवस्था मिलाईएको छ ।

    अन्तर सदन तीजगित प्रतियोगिता २०८२


    नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा विद्यालयले अयोजना गरेको तीज गित प्रतियोगितामा पुरस्कृत प्रतियोगिलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले विभिन्न चाडहरुलाई मौलिक संस्कृति जोगिने गरी विद्यालयमा नै मनाएर विद्यार्थीलाई हाम्रो मौलिक संस्कृतिको ज्ञान दिँदै आइरहेको छ ।

    हिमालयन बालगृहद्वारा विद्यार्थीलाई सहयोग


    अन्नपूर्ण ९ उल्लेरीमा रहेको हिमालयन बालगृहले यस विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई विद्यालय पोषाक, झोला र स्टेसनरी सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको सिफारिसकै आधारमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

    27 June, 2024

    "ग्रेडसिट"



    ओ मास्टर साहेब,
    तिमीलाई ब्याचरलमा ब्याक लागेको कुरा
    कति पछि तिम्रै घरकाले थाहा पाए ?
    कहिल्यै समाजका अर्काले थाहा पाए ?
    सुटुक्क मार्कसिट सिरानीमुनी लुकाएर
    आफ्नै जन्मदाता बाआमालाई झुक्याएर
    किताब किन्नुछ भनी मागेको पैसाले
    व्याकपेपरको फारम भरेको विर्सियौ ?
    पहिलो वर्षको विषय
    अन्तिमवर्ष सम्म पनि नकटेर
    दिक्षान्तको वर्ष नै सरेको विर्सियौ ?
    त्यतिबेला तिम्रो मार्कसिट खिचेर फेसबुकमा किन हालेनौ ?
    त्यतिवेला आफ्नै रिजल्ट आफ्नै बा आमालाई किन भनेनौ ?
    साथीले रिजल्ट सोध्दा फेल भइयो यार भन्नेले
    आमाले रिजल्ट सोध्दा अहिले हतारमा छु भनेको हैन ?
    क्याम्पस जाँदा बाघ बनेपनि घर पुग्दा मुसा बनेको हैन ?
    तिम्रा प्रोफेसरले तिम्रो मार्कसिट भित्तामा टाँसिदिएको भए ?
    तिम्रा छिमेकी त्यै मार्कसिट हेरेर हाँसिदिएको भए ?
    तिमीले पढ्नै छाड्ने निर्णय पो गरिसक्थ्यौ कि ?
    सोच त, तिमी आफैँ भित्र जलेर मरिसक्थ्यौ कि ?
    तिम्रो काम पढाउने हो, शिष्यको मस्तिष्क भरिदेउ,
    विन्ती, मास्टर साहेव अब त होसमा आउ,
    विद्यार्थीको ग्रेडसिट सार्वजनिक नगरिदेउ ।

    -के आर ढकाल, पोखरा

    25 June, 2024

    एसईई परीक्षाको नतिजा किन विशेष ? किन सामान्य ?


     आज एसईई परीक्षाको नतिजा आउने सम्भावना छ ।

    यो नतिजा किन विशेष मानियो ? तर किन सामान्य हो ? 

    विश्वविद्यालयका ग्रेडसिटमा A+ ल्याएर जिवनमा फेल भएका र ग्रेडसिटमा NG ल्याएर जिवनमा A+ ग्रेडमा बाँचेका मान्छेहरु पनि छन् ।

    20 June, 2024

    बसे है पालेदाई


     मेरो एउटै प्रश्न : "जिम्मेवार को?"

    "पिएन् क्याम्पस, आउ बसम मायालु गरम ट्याम्पास " बाट सुरु भएर "बसे है पालेदाई" मा आइपुगेका कथित "नेपाली लोक गित" ले व्यापार त गरे होलान्, तर सन्देश के दिए?
    हाम्रा विद्यार्थीले त्यही गितमा नाच्न थाले, त्यही गित गाउन थाले !
    मुल प्रश्न :
    #के विद्यालय "Dating Spot" हुन्?
    #के विद्यालय "Red light area" हुन्?
    १. "शुभप्रभात गुरु" भन्दा चड्कन खानुपर्ने ?
    २."राष्ट्रिय गान बज्दा नि नाच्दिन मन लाउँछ" यो टुक्काले राष्ट्र प्रति कति अपमान गर्यो? कसले सोच्ने?
    ३. "नपढेपनि त जिन्दगी चल्छ" यो टुक्काले भन्न खोजेको के ? अनि शिक्षकले प्रार्थनामा उभिएर शिक्षकले "बसे है पालेदाई गेट नलाई नलाई, म भरे आउनेछु मायालु भेट्नलाई" भनेर सम्बोधन गरिन्छ?
    ४. नेपाली शिक्षकले "बेलैमा नसुध्रे मेरै झैं हाल हुन्छ!" भनेर शिक्षकहरू बिग्रिएका व्यक्ति हुन् भन्न खोजिएको हो?
    ५. "हेडसरको अगाडि मै सोझो बन्न पाए, अंग्रेजी मिसलाई नै I Love You भन्न पाए" भन्ने टुक्काले विद्यालयको अफिसलाई डेटिङ स्पोर्ट बनाएको छैन ? के हाम्रा स्कुल अफिस त्यस्तै हुन्?
    ६. शिक्षक र विद्यार्थीको पोषाकमाथिको यो भद्दा मजाक हामीले सहिदिनुपर्ने ?
    ७. जनसंख्या शिक्षा पढाउने मिसले लभ पार्ने तरिका पढाउने हो?
    ८. बद्री पंगेनी जस्तो "जनगायक" भनिने ब्यक्ति यो गितमा समावेश हुन हुन्छ?
    ९. "लभ गर्न नसिकाउने शिक्षक चाहिँदैन" भनेर बिद्यार्थीलाई बिद्यालयमा आन्दोलन गर्न सिकाउनु नै यो गितको उद्देश्य हो?
    १०. कक्षा भित्रै कुटाकुट गरेको दृष्यबाट के सन्देश दिन खोजिएको हो?
    ११. "छन त हाम्रो नि स्कुलमा पाले छ, समयमै घण्टी नि नठोक्ने खाले छ" जस्ता अपमानित शब्द राखेर समग्र कार्यालय सहयोगी माथिको अपमान सह्य छ?
    १२. विद्यालय भित्र चाउचाउ चोरेर खाएको दृष्यले विद्यार्थीलाई कता लैजान्छ ?
    १३. प्रभात माध्यमिक विद्यालयले यस्तो गितमा आफ्नो विद्यालयको नाम देखिने गरि छायांकन गर्न अनुमति कसरी दिन सक्यो? कसले दियो यो अनुमती?
    १४. "Night stay party" देखाइएको दृष्यमा शिक्षकको भुमिकामा भएका कलाकारले गाएका टुक्का कुनैपनि शिक्षकले विद्यार्थीको अगाडि गाउन सक्ने टुक्का छन्?
    १५. लोक दोहोरी प्रतिष्ठानले यो गितलाई राम्रै छ भन्न सक्छ? अब सबैभन्दा धेरै त लोकगितमा सेन्सर लाग्नुपर्ने देखिएन?
    यदी कलाकारहरूले व्यापार बाहेक केही नसोच्ने हो भने दोबाटोमा कपडा खोलेर नाचुन्, हामी २-४ रूपैयाँ कचौरामा हाल्दिन तयार छौं । होइन भने समाजलाई कता लैजाने भन्ने कुरा कलाकारले सोच्नु पर्दैन ?
    दुर्गेस थापा, भिटेन, लाहुरे जस्ता र्यापरलाई अश्लिल भए भन्नेहरूले लोक दोहोरीमा यो हद गर्न हुन्छ ?
    जुत्ता खुट्टामा लाउँदा इज्यत हुन्छ, घाँटीमा लाउँदा बेइज्जत ! त्यस्तै हुन् गित संगित पनि!
    जति नै राम्रो कम्पोज भएपनि समाजलाई उल्टो बाटोमा हिँडाउने यस्ता गितमाथि तुरुन्तै प्रतिबन्ध लाग्नुपर्छ ।
    बिद्यालय शिक्षा माथि गरिएको यो भद्दा मजाक सह्य छैन, नेपाल शिक्षक महासंघ राजनिती गर्न र कुर्सी ओगट्न मात्रै केन्द्रित भएको बर्तमान अवस्थामा शिक्षक/विद्यार्थी/अभिभावहरूले स्वतःस्फूर्त रूपमा यो गितलाई बहिस्कार गरौं ! शिक्षक/कर्मचारीका विभिन्न पेसागत समूहले तुरुन्तै यस गितको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरून् !
    सरकारले एक्सन लिओस् !