30 December, 2023
24 December, 2023
४१ औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरा, कास्कीका फोटो तथा भिडियो
४१ औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरा, कास्कीका फोटो तथा भिडियो प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् ।
41th National Junior Youth Red Cross conference, Pokhara
19 December, 2023
विद्यार्थीलाई स्टेशनरी सहयोग सहित नगद पुरस्कार
विद्यार्थीलाई स्टेशनरी सहयोग सहित नगद पुरस्कार
के.आर. ढकाल
०३ पुस, अन्नपूर्ण ।
अन्नपूर्ण गाउँपालिका वडा नं. ९ तिखेढुङ्गामा रहेको श्री भगवती माध्यमिक विद्यालयमा मंगलबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रष्टबाट विद्यार्थी तथा शिक्षकहरुलाई स्टेशनरी एवम् शैक्षिक सत्र २०७९ मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको छ ।
16 December, 2023
'एक्स'
![]() |
| के आर ढकाल पोखरा |
साधारणतया औसत भन्दा धेरै नै समय फेसबुकमा झुन्डिएको थिएँ । कुनै ग्रुपकी एक अपरिचित केटीले स्टाटस हालेकी रहिछन् "यो ग्रुपबाट एउटा दाइ बनाउने बिचारमा छु।"
खासै यी र यस्ता कुरामा विस्वास नै लाग्थेन । तर पनि सामाजिक सञ्जाल बाट नै दाइ बनाउन दर्खास्त आह्वान भएकोमा नौलो लाग्यो । म घरको कान्छो, घरको मात्रै होइन लगभग मेरो पुस्ताको नै कान्छो थिएँ । मलाई दाइ, दिदी, भतिजा, भतिजीको नातो त्यति दुर्लभ थिएन तर मेरा भाइ बहिनी भने शुन्य । मैले पनि दर्खास्त पेस गरेँ, कमेन्टमा ।







