LICENSE

    विहानी प्रार्थना सभामा विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानाध्यापक


    प्रत्येक दिन विहानी प्रार्थना सभामा विद्यार्थीहरुले कवाज प्रदर्शन गर्ने, राष्ट्रिय गान तथा पालिका गान गाउने गर्नुका साथै प्रधानाध्यापकबाट विद्यालयसँग सम्बन्धित सुचना, जानकारी तथा निर्देशन दिने गरिएको छ !

    नवनियुक्त प्रधानाध्यापकलाई बधाई


    विद्यालयका नवनियुक्त प्रधानाध्यापक किर्तीराज ढकाललाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देबकोटा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतले सफल कार्यकालको कामना सहित हार्दिक बधाई ज्ञापन गर्दै ।

    पुस्तकालयमा स्वतन्त्र सिकाई


    विद्यालयले कक्षा १ देखि कक्षा १२ सम्म नै साप्ताहिक रुपमा एक घण्टी स्वतन्त्र सिकाईका लागि पुस्तकालयमा स्वअध्ययन गर्ने कार्यक्रमलाई अगाडि सारेको छ । यस समयमा निरिक्षण र सहयोगका लागि एकजना शिक्षक पुस्तकालयमा उपलब्ध हुने व्यवस्था मिलाईएको छ ।

    अन्तर सदन तीजगित प्रतियोगिता २०८२


    नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा विद्यालयले अयोजना गरेको तीज गित प्रतियोगितामा पुरस्कृत प्रतियोगिलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले विभिन्न चाडहरुलाई मौलिक संस्कृति जोगिने गरी विद्यालयमा नै मनाएर विद्यार्थीलाई हाम्रो मौलिक संस्कृतिको ज्ञान दिँदै आइरहेको छ ।

    हिमालयन बालगृहद्वारा विद्यार्थीलाई सहयोग


    अन्नपूर्ण ९ उल्लेरीमा रहेको हिमालयन बालगृहले यस विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई विद्यालय पोषाक, झोला र स्टेसनरी सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको सिफारिसकै आधारमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

    24 December, 2023

    ४१ औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरा, कास्कीका फोटो तथा भिडियो

    ४१ औं राष्ट्रिय जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरा, कास्कीका फोटो तथा भिडियो प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् । 

    41th National Junior Youth Red Cross conference, Pokhara


    19 December, 2023

    विद्यार्थीलाई स्टेशनरी सहयोग सहित नगद पुरस्कार

     विद्यार्थीलाई स्टेशनरी सहयोग सहित नगद पुरस्कार


    के.आर. ढकाल

    ०३ पुस, अन्नपूर्ण ।


    अन्नपूर्ण गाउँपालिका वडा नं. ९ तिखेढुङ्गामा रहेको श्री भगवती माध्यमिक विद्यालयमा मंगलबार कमसार्की सुनकुमारी गुरुङ एजुकेसन फाउन्डेसन ट्रष्टबाट विद्यार्थी तथा शिक्षकहरुलाई स्टेशनरी एवम् शैक्षिक सत्र २०७९ मा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको छ । 


    16 December, 2023

    'एक्स'

    के आर ढकाल
    पोखरा

    लघुकथा : 'एक्स'

    साधारणतया औसत भन्दा धेरै नै समय फेसबुकमा झुन्डिएको थिएँ । कुनै ग्रुपकी एक अपरिचित केटीले स्टाटस हालेकी रहिछन् "यो ग्रुपबाट एउटा दाइ बनाउने बिचारमा छु।"

    खासै यी र यस्ता कुरामा विस्वास नै लाग्थेन । तर पनि सामाजिक सञ्जाल बाट नै दाइ बनाउन दर्खास्त आह्वान भएकोमा नौलो लाग्यो । म घरको कान्छो, घरको मात्रै होइन लगभग मेरो पुस्ताको नै कान्छो थिएँ । मलाई दाइ, दिदी, भतिजा, भतिजीको नातो त्यति दुर्लभ थिएन तर मेरा भाइ बहिनी भने शुन्य । मैले पनि दर्खास्त पेस गरेँ, कमेन्टमा ।