LICENSE

    विहानी प्रार्थना सभामा विद्यार्थीलाई सम्बोधन गर्दै प्रधानाध्यापक


    प्रत्येक दिन विहानी प्रार्थना सभामा विद्यार्थीहरुले कवाज प्रदर्शन गर्ने, राष्ट्रिय गान तथा पालिका गान गाउने गर्नुका साथै प्रधानाध्यापकबाट विद्यालयसँग सम्बन्धित सुचना, जानकारी तथा निर्देशन दिने गरिएको छ !

    नवनियुक्त प्रधानाध्यापकलाई बधाई


    विद्यालयका नवनियुक्त प्रधानाध्यापक किर्तीराज ढकाललाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देबकोटा, प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पोखरेल लगायतले सफल कार्यकालको कामना सहित हार्दिक बधाई ज्ञापन गर्दै ।

    पुस्तकालयमा स्वतन्त्र सिकाई


    विद्यालयले कक्षा १ देखि कक्षा १२ सम्म नै साप्ताहिक रुपमा एक घण्टी स्वतन्त्र सिकाईका लागि पुस्तकालयमा स्वअध्ययन गर्ने कार्यक्रमलाई अगाडि सारेको छ । यस समयमा निरिक्षण र सहयोगका लागि एकजना शिक्षक पुस्तकालयमा उपलब्ध हुने व्यवस्था मिलाईएको छ ।

    अन्तर सदन तीजगित प्रतियोगिता २०८२


    नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा विद्यालयले अयोजना गरेको तीज गित प्रतियोगितामा पुरस्कृत प्रतियोगिलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयले विभिन्न चाडहरुलाई मौलिक संस्कृति जोगिने गरी विद्यालयमा नै मनाएर विद्यार्थीलाई हाम्रो मौलिक संस्कृतिको ज्ञान दिँदै आइरहेको छ ।

    हिमालयन बालगृहद्वारा विद्यार्थीलाई सहयोग


    अन्नपूर्ण ९ उल्लेरीमा रहेको हिमालयन बालगृहले यस विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई विद्यालय पोषाक, झोला र स्टेसनरी सामग्री सहयोग गरेको छ । विद्यालयमा अध्ययनरत जेहन्दार विद्यार्थीहरुलाई विद्यालयको सिफारिसकै आधारमा सो सहयोग सामग्री हस्तान्तरण गरिएको थियो ।

    19 November, 2023

    तेस्रो अन्तरविद्यालय रङ्गोली प्रतियोगिता हुने

     तेस्रो अन्तरविद्यालय रङ्गोली प्रतियोगिता हुने 


    ०४ मंसिर, अन्नपूर्ण । 

    के.आर. ढकाल


    अन्नपूर्ण ९, तिखेढुङ्गा कास्कीमा रहेको श्री भगवती माध्यमिक विद्यालयको आयोजनामा विगतका वर्षमा जस्तै यसवर्ष पनि "तेस्रो अन्तर विद्यालय रङ्गोली प्रतियोगिता" हुने भएको छ । दक्षिण कोरियाली कला शिक्षक Ku Hyun Kim को परिकल्पना, आर्टफिल्ड ग्यालरी दक्षिण कोरियाको प्रायोजन, अन्नपूर्ण ड्रइङ ड्रिम टिम (ADDT) को सहकार्य तथा परिचय डट कमको प्रवर्धनमा सो प्रतियोगिता हुन लागेको हो । यही मंसिर ०५ गते हुने उक्त प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका पर्वतमा रहेका विभिन्न विद्यालयबाट १२ टिमको सहभागिता हुने कार्यक्रमका संयोजक खेम बहादुर पुनले बताए । उनले भने , "५ गते दिनको १ बजेबाट रङ्गोली निर्माण सुरु भई साँझ ५ बजे दिप प्रज्वलन गरिनेछ । हामीले प्रत्येक सहभागी टिमलाई १२ वटा परम्परागत माटोको दीयो र १२ वटा आधुनिक इलेक्ट्रीक दियो प्रदान गर्नेछौँ । साँझमा दीयो सहितको रङ्गोलीको मुल्याङ्कन हुनेछ र पुरस्कार वितरण गरिनेछ । सहभागीहरुलाई राती घर फर्किन असहज नहोस् भनेर उक्त राती सहभागी समुहका ५ विद्यार्थी र १ शिक्षकलाई समेत आवासीय सुविधा समेत उपलब्ध गराइएको छ ।"